महोत्तरीबाट ५ किशोरी बेपत्ता, योजना बनाएरै निस्केको हुनसक्ने आशंका

नेपालभ्युज

महोत्तरीबाट ५ किशोरी बेपत्ता, योजना बनाएरै निस्केको हुनसक्ने आशंका
सांकेतिक तश्वीर

जनकपुरधाम । महोत्तरीबाट पाँचजना किशोरी दुईदिनयता एकसाथ बेपत्ता भएका छन् ।

औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।

मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केका थिए । तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी बताए ।

पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved