अड्किएका रणनीति पास भए, अब स्वास्थ्य क्षेत्रमा सुधार आउँछ : मन्त्री बस्नेत

नेपालभ्युज

अड्किएका रणनीति पास भए, अब स्वास्थ्य क्षेत्रमा सुधार आउँछ : मन्त्री बस्नेत

पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

‘१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्’, मन्त्री बस्नेतले भने, ‘सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरुलाई स्वास्थ बनाउन आफू स्वस्थ्य रहनुपर्छ । एउटा मान्छे स्वास्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो ।’ उनले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved