काठमाडौं । कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई रकम पठाएको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको हो ।
भुकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरमा रकम पठाइएको छ । यस्तै, जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई १० लाखका दरले रकम पठाइएको छ भने सल्यानको दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरले रकम पठाइएको छ।
रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ
Facebook Comment
Comment