सरकारले आरती साहका आफन्तलाई वार्तामा बोलायो

नेपालभ्युज

सरकारले आरती साहका आफन्तलाई वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत आरती साहको आफन्तलाई वार्तामा बोलाएको छ ।

मंगलबार गृह मन्त्रालयले आन्दोलनरत आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन भनेको हो ।

जेठ ७ गते धनुषास्थित आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको भन्दै उनको आफन्त पक्षले आन्दोलन गरिरहेको छ ।

उक्त घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा छन् ।

उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved