काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए ।
पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति, पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको बताउँदै उनले विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार भएको देखाएको बताए ।
उनले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा मुलुकले खोजेको जस्तैगरी अर्थतन्त्र चलायमान हुने बताए । अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भनेर बहस अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
Facebook Comment
Comment