एजेन्सी । प्रदुषण र खराब जीवनशैलीका कारण कपाल झर्ने समस्या बढ्दै गइरहेको छ । यस्तोमा तुलसीका पातको प्रयोग गरेर कपाल बलियो बनाउन सक्नुहुन्छ ।
तुलसीको प्रयोग त्यस्तो त हरेक कार्यका लागि गरिन्छ । यसमा औषधीय गुण अत्यधिक हुन्छ । जसले कपालको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । धुलो माटोले गर्दा कपाल रुखो हुन थाल्छ, जसले कपाललाई ड्यामेज गरिदिन्छ ।
यस्तोमा एक चम्चा नरिवलको तेल र एक चम्चा तुलसीको पातको रस मिसाएर कपालमा लगाउनुहोस् । यसले फाइदा हुन्छ ।
चायाँ र स्काल्पमा संक्रमणको कारणले कपाल छिट्टै झर्ने समस्या हुन्छ । यसका लागि पनि तुलसीको प्रयोग गर्न सकिन्छ । तुलसीको पातहरुको पेस्ट बनाउने र कपालमा लगाएर ३० मिनेट राखेर कपाल धुनुहोस् । तुलसीमा पाइने एन्टीब्याक्टेरियल गुण चायाँ सफा गर्छ ।
कपालमा धेरै खालका प्रशोधित सामग्रीको प्रयोग तथा खराब जीवनशैली तथा खानपानले युवामा पनि छिट्टै कपाल फुल्ने समस्या देखिन्छ । यस्तोमा कपाललाई कालो बनाउन तुलसीका पातको प्रयोग गर्न सकिन्छ । यसका लागि तुलसीको पातको लेप तयार गरेर कपालमा बीन मिनेट राखेर धुनुहोस् ।
तुलसीमा हुने गुणले कपाल झर्न पनि कम गराउँछ । तुलसीका पातको लेप कपालमा तथा जरामा लगाउँदा झर्ने समस्याबाट छुट्कारा दिँदै जान्छ । यसरी तुलसीको प्रयोग शरीरको अन्य समस्याका साथै कपाल सम्बन्धी समस्यामा पनि प्रयोग गर्न सकिन्छ ।
Facebook Comment
Comment