टी-२० विश्वकप क्रिकेट

ग्लोबल छनोटको समूह ‘ए’मा नेपाल, खेल ओमानमा हुने

समूह ‘ए’मा नेपालसहित टेस्ट राष्ट्र आयरल्याण्डसहित आयोजक ओमान र यूएई कडा प्रतिद्वन्द्वीको रुपमा रहेका छन्।

नेपालभ्युज

ग्लोबल छनोटको समूह ‘ए’मा नेपाल, खेल ओमानमा हुने

काठमाडौं। अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाल समूह ‘ए’मा परेको छ। जसका खेलहरु १५-२५ फेब्रुअरीमा ओमान हुनेछ।

आईसीसीले समूह विभाजन र खेल तालिकाको विषयमा आधिकारिक रुपमा सार्वजनिक नगरे पनि नेपाल क्रिकेट संघ क्यानलाई भने प्रारम्भिक जानकारी गराएको नेपाली टिमका व्यवस्थापक विनोद दासले नेपालभ्यूजलाई बताएका छन्।

समूह एमा नेपालसहित टेस्ट राष्ट्र आयरल्याण्डसहित आयोजक ओमान र यूएई कडा प्रतिद्वन्द्वीको रुपमा रहेका छन्।

त्यसैगरी अन्य चार टिममा बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स रहेका छन्। यी चार टिमलाई तुलनात्कम रुपमा कमजोर मानिन्छ।

छनोटको समूह बीको खेल भने जिम्बाबेमा हुनेछ। दुवै समूहबाट शीर्ष दुई टिमले विश्वकपमा प्रवेश पाउनेछन्।

नेपाललाई दोस्रोपटक विश्वकप खेल्न आयरल्याण्ड, ओमान र यूएईले ठूलो चुनौती दिने पक्का छ।

करीब दुई महीनापछि छनोट खेल्नुपर्ने भए पनि हालसम्म नेपाली टिमको प्रशिक्षको टुंगो नलागेका कारण पशिक्षण शुरु हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved