भारती मानन्धरको रिटउपर बहस सकियो, भोलि फैसला !

नेपालभ्युज

भारती मानन्धरको रिटउपर बहस सकियो, भोलि फैसला !

काठमाडौं । श्रीमान चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सरकारले आममाफी दिएकोविरुद्ध श्रीमती भारती मानन्धरले दायर गरेको रिटको सुनुवाइ सकिएको छ ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा भएको सुनुवाइ बुधबार सकिएको हो ।

उक्त रिटको बिहीबार फैसला आउने बताइएको छ ।

रिगललाई दिएको आममाफी फिर्ता गरी फेरि जेल हाल्नुपर्ने भारतीको माग छ । उनी रिगललाई आममाफी दिएकोविरुद्ध अनशन पनि बसिरहेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved