एजेन्सी । शरीरले सही ढंगले काम गर्न दिमाग स्वस्थ रहन एकदमै जरुरी हुन्छ । तर खराब जीवनशैली तथा अस्वस्थ खानपानले गर्दा दिमाग पनि छिटो बुढो हुने समस्या देखिने गर्छ ।
विशेषज्ञ डाक्टरका अनुसार गलत बानी तथा अस्वस्थ खानपानले दिमाग बुढो भइरहेको संकेत दिन सक्छ । यदि यहाँका केही संकेत छन् भने तपाईंको पनि दिमाग बुढो भइरहेको छ भन्ने बुझ्न सक्नुहुन्छ ।
कुनै पनि कुरा छिटो नबुझ्नु र कुनै प्रकारको निर्णय लिन नसक्नु भनेको दिमाग बुढो भइरहेको पहिलो संकेत हो । यस्तो भएको खण्डमा डाक्टरको सल्लाह लिनुहोस् ।
जो व्यक्तिको दिमाग कमजोर हुन थाल्छ त्यस्ता व्यक्तिको स्वभावमा पनि परिवर्तन देखिन थाल्छ । यस्तो व्यक्तिमा प्रायः उदास रहने तथा तनावमा भइरहने पनि देख्न सकिन्छ ।
यदि तपाईंलाई गाडी चलाउन पनि गाह्रो हुने गर्छ भने यो पनि मुख्य लक्षण हो दिमाग बुढो भइसकेको छ । प्रायः व्यक्ति यस्तो लक्षणलाई ध्यान दिँदैनन् र यसलाई सामान्य रुपमा लिने गर्छन् ।
दिमाग बुढो हुँदै गयो भने कान सुन्न पनि समस्या हुन थाल्छ । केही व्यक्तिमा सुँघ्ने क्षमता पनि कम हुँदै जान्छ ।
Facebook Comment
Comment