अनशनरत भारतीको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा उपचार हुँदै

नेपालभ्युज

अनशनरत भारतीको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं । आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन बसेकी भारती मानन्धरको स्वास्थ्यमा समस्या आएको छ ।

रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दागर्दै एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अधिकारकर्मी जस्मिन ओझालगायतले उनलाई अस्पताल लगेका हुन् ।

उनले दशैंसँगै स्थगित गरेकी रिले अनशन शनिबारदेखि फेरि सुरु गरेकी थिइन् ।

अदालतबाट दोषी प्रमाणित भइसकेका रिगललाई माफी दिएकोविरुद्ध भारतीसँगै अधिकारकर्मी आन्दोलित भएका छन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

२०७२ साल असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved