वास्तुअनुसार घरमा यस्ता काठ प्रयोग गरे भइन्छ बर्बाद

नेपालभ्युज

वास्तुअनुसार घरमा यस्ता काठ प्रयोग गरे भइन्छ बर्बाद

एजेन्सी । प्रायः मानिसहरुको घरमा प्रयोगका सामग्री देखि लिएर सजावटका सामग्रीहरुमा काठको प्रयोग गरिएको हुन्छ ।

तर के तपाईंलाई थाहा छ वास्तु शास्त्रमा केही काठहरुको प्रयोगलाई पूर्ण रुपमा मनाही गरिएको छ । त्यस्ता काठको प्रयोगले धनी व्यक्ति पनि कंगाल हुन सक्छ ।

आउनुहोस् ज्योतिष विशेषज्ञबाट काठसम्बन्धी वास्तुका कुरा जानौं ।

कैयौं त्यस्ता रुख हुन्छन् जसको हाँगा वा पात भाँच्दा दुध जस्तो सेतो रस आउँछ । त्यस्तो रुखका काठहरुको प्रयोग कहिल्यै गर्नु हुँदैन । दुध आउने रुखमा सल्लाको रुख, आँकको रुख आदि पर्छन् जसबाट सेतो चिप्लो पदार्थ निस्कन्छ ।

त्यस्तै मसानघाटमा उम्रिएको कुनै पनि रुखको काठको प्रयोग गर्नु हुँदैन । यस्तो रुखबाट खसेको दाउरा वा काठहरुले घरमा नकारात्मक ऊर्जालाई पनि ल्याउने मान्यता वास्तुशास्त्रमा बताइएको छ । यस्ता काठहरु घरमा जलाउँदा आर्थिक सम्पन्नता पनि बर्बाद हुन्छ ।

त्यस्तै कमजोर तथा सुकेको काठलाई पनि कहिल्यै प्रयोग गर्नु हुँदैन । धेरैजसो मुर्ती तथा सजावटका सामग्रीहरुलाई कमजोर विरुवा वा रुखहरुको काठको प्रयोग गरिन्छ । यस्तोमा त्यस्ता सामान कहिल्यै पनि घरमा ल्याउनु हुँदैन ।

जुन रुखविरुवालाई धमिरो वा कमिलाले खुकुलो बनाउँछ त्यस्ता रुखको काठको पनि प्रयोग गर्नु हुँदैन । यो सानो किराले खाँदैमा बिग्रने काठलाई घरका लागि प्रयोग गर्नु राम्रो मानिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved