कपाललाई चायाँबाट जोगाउन तोरीको तेल उपयोगी

नेपालभ्युज

कपाललाई चायाँबाट जोगाउन तोरीको तेल उपयोगी

एजेन्सी । अहिलेको समयमा मानिस तोरीको तेललाई धेरै चिल्लो भन्छन् । धेरैलाई त्यसको बास्ना पनि मन पर्दैन ।

त्यसैले यो तेल कपालमा प्रयोग गर्न हच्किन्छन् । तर तोरीको तेल स्वास्थ्यसँगै कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यदि तपाईं पनि पुरानो जमानाका हजुरआमा जस्तै लामो बाक्लो कपाल चाहनुहुन्छ भने नियमित रुपमा तोरीको तेल प्रयोग गर्नुहोस् ।

तोरीको तेल कपालमा पर्ने चायाँबाट छुट्कारा पाउनका लागि एकदमै राम्रो विकल्प हो । यो तेलमा एन्टीअक्सीडेन्ट र एन्टी ब्याक्टेरियल गुण पाइन्छ, आउनुहोस् जानौं तोरीको तेल कसरी प्रयोग गर्ने भन्नेबारे ।

दही

चायाँबाट छुट्कारा पाउनका लागि तेललाई दहीमा मिसाएर लगाउन सकिन्छ । यो घरेलु उपायका लागि दहीमा तेल राखेर राम्रोसँग मिसाउने । यस मिश्रणलाई आफ्नो कपालमा लगाउनुहोस् र ३० मिनेट राखेर माइल्ड स्याम्पुले नुहाउने ।

एलोवेरा जेल

कपाललाई बलियो तथा चायाँ रहित बनाउनका लागि तपाईं तोरीको तेल र एलोवेरा जेलको प्रयोग गर्न सक्नुहुन्छ । यो उपायका लागि तोरीको तेलमा एलोवेरा जेल मिसाउनुहोस् र यो मिश्रणलाई स्काल्प र कपालको जरामा लगाउनुहोस् । यसलाई लगभग ३० मिनेट राखेर धुनुहोस् ।

मेथी

तोरीको तेलमा मेथीको दाना मिसाएर पनि लगाउन सक्नुहुन्छ । यो कपालको स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसका लागि तपाईं तोरीको तेलमा मेथीको दाना राखेर तताउनुहोस् । उक्त तेलले नहाउनुअघि वा साँझ मसाज गरेर सुत्नुहोस् । यो उपाय तपाईं हरेक पटक नुहाउनु अघि गर्न सक्नुहुन्छ ।

कागती

कपालबाट चायाँ हटाउन छ भने तोरीको तेलमा कागती मिसाएर लगाउनु सबैभन्दा लाभदायक मानिन्छ । यसका लागि तोरीको तेलमा कागतीको रस मिसाउनुहोस् । यस मिश्रणलाई आफ्नो स्काल्पमा लगाउनुहोस् र केहीबेर राखेर छोड्नुहोस् ।

यदि समयको कमीले गर्दा यस्ता विभिन्न उपाय प्रयोग गर्न सक्नुहुन्न भने सिधै तोरीको तेलले मात्र टाउको तथा कपाल मसाज गर्न सक्नुहुन्छ । नुहाउनुअघि तोरी तेलले मसाज गर्नु कपालका लागि एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved