काठमाडौं। अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीका विषयमा भ्रम फैलाउने काम भइरहेको बताएका छन्। सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदुत खत्रीले एमसीसीलाई इन्डो–प्योसेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताए।
‘‘इन्डो प्यासेफिक स्ट्राटिजी र एमसीसीलाई नेपालमा मिसाएर हेर्ने गरिएको मेरो बुझाइ छ। यो धारणा केही हदसम्म गलत पनि हो। यो धारणा फैलनका लागि केही हदसम्म नेपाल र केही हदसम्म अमेरिका पक्षबाट पनि गल्ती भयो भन्ने लाग्छ,” उनले भने, ‘‘मेरो बुझाइमा लिने हो भने पनि प्रस्ट भने हुन्छ । नलिने हो भने पनि प्रस्ट भने हुन्छ ।’’
संघीय संसद् संसदीय सुनुवाइ समितिले आज उनको नाम अमेरिकाका लागि प्रस्ताव गरेको थियो। उनीसँगै समितिले भारत र बेलायतका लागि पनि नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम प्रस्ताव गरिएको हो।
Facebook Comment
Comment