एजेन्सी । अहिलेको समयमा अत्यधिक मानिस पेटको वरिपरि जमेको बोसोबाट ग्रसित छन् । जसलाई कम गर्न पनि धेरै कोसिस गर्ने गर्छन् ।
लुज फ्याट, गेट फिटर कुकका राइटर जितेन्द्र चौकसेले आफ्नो इन्स्टाग्राममा एउटा सानो भिडियो शेयर गरेका छन् जसमा उनले पेटको बोसोसँग सम्बन्धित प्रश्नको जवाफ दिएका छन् ।
जितेन्द्रसँग एउटी युवतीले सोधिन्, “बाँकी सबै अंगलाई छोडेर पेटको वरिपरि सबैभन्दा धेरै बोसो किन जम्छ ?” यस प्रश्नको जवाफ दिँदै जितेन्द्र भन्छन् “हुन सक्छ, तपाईलाई फ्याट मन पर्दैन तर तपाईंको शरीरलाई फ्याट एकदमै मन पर्छ । तपाईंको शरीरले जम्मा भएको फ्याटलाई एकदमै सम्हालेर राख्छ । तपाईंको शरीरको जुन भागको क्रियाकलाप हुँदैन प्रायः फ्याट शरीरको त्यही भागहरुमा जम्मा हुन्छ ।”
बोसो शरीरको त्यस्तो हिस्सामा जम्मा हुन्छ, जहाँ शारीरिक क्रियाकलाप कम हुन्छ । उदाहरणका लागि यदी तपाईं हिँडिरहनु भएको छ भने खुट्टा, हात र अनुहारमा मुभमेन्ट हुन्छ र जहाँ बोसोको कुरा आउँछ त्यो पेटको एरियामा सबैभन्दा धेरै किन जम्मा हुन्छ भने त्यो जतिबेला एउटै पोजिशनमा हुन्छ ।
अब यदी तपाईंलाई पेट वरिपरिको बोसो कम गर्न छ भने पेट वरिपरि क्रियाकलाप हुनु जरुरी हुन्छ । यसको अर्थ जीममा गएर पेटको वा घरमै पेटको कसरत मरेर गर्ने पनि होइन ।
यसका लागि तपाईंले लिइरहेको खानाको केही मात्रा क्यालोरी कम गर्नुपर्दछ । क्यालोरी कम गरेर मात्र शरीरमा थुप्रिएको बोसोलाई कम गर्न सकिन्छ । यो कसरतले मात्र घट्दैन ।
Facebook Comment
Comment