मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्दा एक जनाको ज्यान गयो

नेपालभ्युज

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्दा एक जनाको ज्यान गयो

काठमाडौं। मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी काभ्रेको पनौती नगरपालिका–५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरवस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको हो। ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी छिन्। रामेछाप जाँदै गरेको गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved