यस्ता संकेत छन् भने तपाईंलाई डिप्रेसन हुन सक्छ

नेपालभ्युज

यस्ता संकेत छन् भने तपाईंलाई डिप्रेसन हुन सक्छ

एजेन्सी। अहिलेको समयमा तनाव तथा डिप्रेसनको समस्या मानिसको बीचमा आम भइसकेको छ । यसका कैयौं कारण हुन सक्छन्, जस्तै कामको प्रेसर, आर्थिक समस्या, सम्बन्धमा हुने समस्या आदि ।

डिप्रेसन एउटा मानसिक गडबडी हो जसले गर्दा व्यक्तिले आफूलाई उदास, निरास तथा मूल्यहीन महसुस गर्न थाल्छ । डिप्रेसनको कारणले जसलाई पनि उसको दैनिक जीवनमै नराम्रो असर पार्दछ ।

आज हामी तपाईंलाई डिप्रेसनका केही सुरुआती संकेतहरूका बारेमा बताउन गइरहेका छौं ।

यस्ता छन् डिप्रेसनका केही सुरुआती संकेत

– डिप्रेसनको कारणले कैयौंपटक व्यक्ति हप्तौं तथा महिनौंसम्म एकदमै दुःखी र एक्लोपन महसुस गर्न थाल्छ ।

– डिप्रेसनको शिकार भएको व्यक्तिलाई कुनै पनि काम गर्न मन लाग्दैन तथा उसलाई केही पनि गर्ने रुचि हुँदैन ।

– डिप्रेसनका कारणले भोकमा पनि परिवर्तन देख्न सकिन्छ । यसले गर्दा व्यक्तिलाई एकदमै तौल कम हुने वा बढ्न सुरु हुन्छ ।

– त्यस्तै, डिप्रेसन भएको व्यक्तिलाई निद्रामा पनि एकदमै समस्या आउँछ । यसले गर्दा कतिपयलाई एकदमै धेरै निद्रा लाग्छ भने कसैलाई निद्रा नै लाग्दैन ।

– रातभर सुत्दा पनि बिहान थकान, ऊर्जामा कमी महसुस हुनु पनि डिप्रेसनको एउटा खास लक्षण हो ।

– डिप्रेसन भएका व्यक्तिलाई ध्यान केन्द्रित गर्न, निर्णय लिन र स्मरण शक्ति पनि खराब हुन सक्छ । जसले गर्दा उनीहरूको काममा नै नकारात्मक असर पर्छ ।

– डिप्रेसनले ग्रस्त व्यक्तिमा प्रायः नकारात्मक विचार, अपराधबोध वा अनावश्यक भावनाहरू र भविष्यको बारेमा निराशाको भावना मात्र अनुभव हुन्छ ।

– डिप्रेसनले ग्रस्त व्यक्तिले आफूलाई साथी, आफन्त तथा सामाजिक क्रियाकलापबाट पूर्णरूपमा टाढा गराउँछन् ।

– कतिपय अवस्थामा डिप्रेसनले पीडित व्यक्तिलाई प्रायः लगातार मृत्यु तथा आत्महत्याको विचारहरू आउँछन् । यस्तो खालको विचार आउनु भनेको डिप्रेसनको सबैभन्दा खतरनाक स्थिति हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved