मनाङ एअरका पाइलट सेढाईँलाई थप उपचारको लागि रातारात मुम्बइ लगियो

आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

नेपालभ्युज

मनाङ एअरका पाइलट सेढाईँलाई थप उपचारको लागि रातारात मुम्बइ लगियो

काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा लगिएको छ ।

उनलाई श्री एअरलाइन्सको जहाजमार्फत मध्यराती भारत लगिएको ह्याम्स अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याएका हुन् ।  चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो ।

आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ। साथै उनको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको छ ।

उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालका डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

उनि शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा  घाइते भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved