एजेन्सी । पिठोलाई राम्रोसँग राखिएन भने केही समयपछि साना साना किरा तथा घुनहरु लाग्न थाल्छ । त्यसैले यसलाई राख्ने बेला सानो सानो कुराहरुलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा तपाईंको पिठो लामो समयसम्म पनि बिग्रने छैन ।
– यसलाई स्टोर गर्नका लागि एल्मुनियम वा स्टिलको भाँडो प्रयोग गर्नु राम्रो हुन्छ । प्लास्टिकको भाँडोमा बिग्रने सम्भावना हुन्छ ।
– नुनले पिठोबाट किराहरुलाई टाढा राख्न सहयोग गर्छ । यस्तोमा तपाईं ढिका नुनको प्रयोग गर्न सक्नुहुन्छ ।
– त्यस्तै पिठोमा किरा लाग्नबाट जोगाउनका लागि तपाईं दालचिनीको पातको पनि प्रयोग गर्न सक्नुहुन्छ । दालचिनीको वासना एकदमै कडा हुन्छ । जसले गर्दा किरा लाग्दैन ।
– पिठोमा किरा लाग्नबाट जोगाउनका लागि ल्वांग पनि एउटा उपाय हो । पिठोको बीच बीचमा ल्वांग राख्नुस् । यसले पिठोमा किरा लाग्नबाट जोगाउँछ ।
– रातो खुर्सानीको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि तपाईं सुकेको रातो खुर्सानी सिंगै तथा केही दालचिनीको पातहरु मिसाएर पनि पिठोको बीच बीचमा राख्न सक्नुहुन्छ ।
– त्यस्तै सधैं पिठो राख्दाखेरी भाँडोमा बसेर दाबेर हावा नपस्ने गरी राम्रोसँग बिर्को लगाएर राख्नुभयो भने पिठो चाँडै बिग्रँदैन ।
– पिठोलाई निकाल्दा सधैं सुख्खा भाँडोको प्रयोग गर्नुहोस् । हातले निकाल्ने वा थोरै पनि ओसिलो भाँडो प्रयोग गर्नुभयो भने पिठो बिग्रन सक्छ ।
Facebook Comment
Comment