युवराज सिंहकी पत्नी हेजलले कपाल काटेर गरिन् दान

नेपालभ्युज

युवराज सिंहकी पत्नी हेजलले कपाल काटेर गरिन् दान

एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहकी श्रीमती तथा अभिनेत्री हेजल किच केही समय पहिले मात्र दोस्रोपटक आमा बनेकी छन् । हाल उनी लन्डनमा बसेकी छन् । हेजलले एउटा पोस्ट शेयर गरेकी छन्, जसबाट उनले सबैको मन जितेकी छन् ।

हेजल अहिले पोस्टपार्टम यानिकी सुत्केरी अवस्थामै छन् । उनको कपाल झर्ने समस्या भइरहेको छ । त्यसैले उनले आफ्नो सबै कपाल काटेकी छन् । तर त्यो काटेको कपाललाई भने उनले फालेकी छैनन् ।

उक्त कपाल उनले क्यान्सरका बिरामीलाई दान गरेकी छन् । आफ्नो यो कदम बारे हेजलले फोटो तथा भिडियो शेयर गरेर बताएकी छन् ।

हेजलले लेखेकी छन्, “मैले ख्याल गरें नयाँ आमाहरु आफ्नो कपाल काटेर छोटो बनाउँछन् । आज बुझेँ त्यस्तो उनीहरु किन गर्छन् । पोस्टपार्टममा कपाल झर्ने समस्या एकदमै हुन्छ । यस्तोमा बच्चा र कपाल दुवैलाई सम्हाल्न  मुश्किल हुन्छ । मैले पनि काटेँ । तर मैले त्यो कपाल क्यान्सर पीडित बच्चाका लागि दान गरेकी छु । मेरो श्रीमान युवराजले पनि आफ्नो क्यान्सरको यात्रा मसँग भनेका थिए । कपालसँगै आँखाको परेलासम्म उनको गएको थियो ।”

उनले अगाडि लेखेकी छन्, “किमोथेरापीका कारणले शरीरको कपाल सबै झर्छ । यस्तोमा मैले आफ्नो कपाल क्यान्सर पीडित बच्चालाई दान गर्ने निर्णय गरेँ । म युकेमा छु र एउटा ट्रस्टलाई मैले आफ्नो कपाल दान गरिदिँए ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved