कुर्सीमै बसी बसी शरीरको बोसो घटाउनुहोस्

नेपालभ्युज

कुर्सीमै बसी बसी शरीरको बोसो घटाउनुहोस्

एजेन्सी । शरीरलाई स्वस्थ राख्नका लागि नियमित रूपमा कसरत तथा पोषिलो खानपानको आवश्यकता पर्दछ । कसरत त झनै हाम्रो शरीरका लागि एकदमै जरुरी हुन्छ । तपाईं हजारौं कसरत गर्ने तरिकाहरू देख्न सक्नुहुन्छ । तर, केही त्यस्ता कसरत छन् जसलाई कुर्सीमै बसेर पनि तपाईंले सजिलै बोसो घटाउन सक्नुहुनेछ ।

स्केटर

यो कसरतलाई गर्नाले मोटोपनको समस्या कम हुन सक्छ । यसलाई गर्नका लागि कुर्सीको छेउमा खुुट्टाको सपोर्ट र काँधको सीधाभन्दा अलिकति टाढा राख्ने । दायाँ खुट्टालाई सीधा राखेर खुट्टालाई साइडतिर सीधा तन्काउनुहोस् ।

अब हातलाई सीधा राखेर अगाडितिर झुक्नुहोस् र बायाँ हातलाई दाहिने हाततिर तथा दायाँलाई बायाँ हातलाई शरीरलाई माथितिर लग्नुहोस् । यो करिब १० देखि १५ पटक गर्नुहोस् ।

बसेर गर्ने ज्याक

कुर्सीमा बसेर यो कसरत गर्न सकिन्छ । यसलाई गर्नका लागि कर्सीमा सीधा बस्नुहोस् । खुट्टालाई साथमा राख्नुहोस् र हातलाई माथि उठाउनुहोस् । त्यसपछि हातलाई बन्द गरेर कुहिनोको नजिक लैजानुहोस् ।

अब हातहरूलाई खोलेर जपिंग ज्याक पोजिसनमा खुट्टालाई साइडमा फैलाउनुहोस् र हातलाई माथि लग्नुहोस् । यो कसरतलाई पनि १० देखि १५ पटक गर्नुहोस् ।

क्रस बडी किक पन्च

यस कसरतलाई गरेपछि शरीर एकदमै फिट रहन्छ । यसका लागि दायाँ खुट्टालाई अगाडितिर किक गर्नुहोस् र साथमा बायाँ हातले मुक्का लगाउनुहोस् ।

यसरी नै अर्कोतिर पनि गर्नुहोस् । यसलाई पनि १० देखि १५ पटक दुवैतिर गर्नुहोस् । यसले पनि एकदमै लाभ पाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved