शेखरलाई राष्ट्रपति पौडेलको फोन, कोशीमा केदारलाई ‘ब्याक’ गराउन आग्रह

कोइरालाले भने आफू उक्त निर्णयबाट ब्याक हुन नसक्ने बताएका थिए ।

नेपालभ्युज

शेखरलाई राष्ट्रपति पौडेलको फोन, कोशीमा केदारलाई ‘ब्याक’ गराउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई टेलिफोन गरेका छन् ।

टेलिफोन संवादमा राष्ट्रपति पौडेलले कोइरालालाई कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्कीलाई ब्याक गराउन आग्रह गरेका हुन् ।

कोइरालाले भने आफू उक्त निर्णयबाट ब्याक हुन नसक्ने बताएका थिए । पार्टीले आफूलाई हेपेकाले र पार्टी जोगाउनका लागि उक्त निर्णय लिनुपरेको कोइरालाको भनाइ थियो ।

गठबन्धनको निर्णयविपरीत कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग मिलेर मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि बढाएको हो । शेखर पक्षको उक्त निर्णयले कांग्रेसमा हलचल पैदा भएको छ ।

कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले भने माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि बढाएको छ ।

कोशीमा कार्की र आङ्बो दुवैले ४७–४७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved