इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

नेपालभ्युज

इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुगेको इजराइलको आई २४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उनको यो भ्रमण भएको हो ।

विदेशमन्त्री ब्लिङ्केनसँग रहेका अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उनका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन छन् ।

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्नुहुनेछ ।

इजराइलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved