एजेन्सी । गर्भनिरोधकका लागि कन्डोम एकदमै जरुरी हुन्छ । तर महिला कन्डोमको बारेमा धेरै मानिसलाई जानकारी छैन । तपाईंलाई थाहा छ ?
महिलाका लागि पनि कन्डोम हुन्छ जो योनीमा लगाइने गरिन्छ । आउनुहोस् महिला कन्डोमको विशेषता, उपयोगीता तथा अन्य जरुरी कुराहरु विशेषज्ञ डाक्टरहरुबाट जान्ने प्रयास गरौं ।
महिला कन्डोमलाई यदि राम्रोसँग लगाउने हो भने यो पुरुष कन्डोम भन्दा धेरै प्रभावकारी हुन्छ । यसले नचाहेको गर्भधारणबाट बचाउन एकदमै सहयोगी हुन्छ । महिला कन्डोमले सीमेनलाई युटेरसभित्र जानबाट रोक्छ ।
महिला कन्डोमका दुईवटा भाग हुने गर्छन् । एउटा बन्द हुन्छ र एउटा खुल्ला । बन्द भएको भागलाई योनीभित्र राख्नुपर्दछ । महिला कन्डोम पोलीयुरेथेन वा नाइट्राइलबाट बनेको हुन्छ जसले नचाहने गर्भधारणबाट महिलालाई बचाउँछ ।
पुरुष कन्डोम लेटेक्सबाट बनेको हुन्छ त्यसैले यसमा एलर्जीको खतरा हुन्छ । तर महिला कन्डोममा यस्तो हुँदैन । यसलाई सेक्सुअल रिलेशनशिपभन्दा आठ घण्टा अगाडि पनि लगाउन सकिन्छ ।
पुरुष कन्डोम आवश्यकता अनुसार फरक फरक आकारका पनि हुने गर्दछन् भने महिला कन्डोम एउटै साइजको मात्र हुने गर्छ । महिला कन्डोमको प्रयोग गर्नका लागि पहिला यसको म्याद सकिने मिति हेर्नुपर्दछ । यदि यसको म्याद सकिएको छ भने यो फुट्न पनि सक्छ ।
महिला कन्डोममा पहिलेनै लुब्रिकेटेड हुन्छ । महिला कन्डोममा एउटा सानो र एउटा ठूलो रिंग हुने गर्छ । सानो रिंगलाई योनीभित्र राख्ने र ठूलो रिंगलाई यौनीको माथिल्लो भागलाई ढाक्नुपर्छ । साथमा यसको प्रयोग गर्दा कुनै प्रकारको साइड इफेक्ट पनि हुँदैन ।
Facebook Comment
Comment