विश्वकप फुटबल छनोट : लाओसविरुद्ध नेपाली टोली तयार

नेपालभ्युज

विश्वकप फुटबल छनोट : लाओसविरुद्ध नेपाली टोली तयार

काठमाडौं। विश्वकप फुटबल छनोटमा नेपाल र लाओसबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ। बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा लाओसविरुद्ध खेल्न नेपाल तयार भएको नेपाली कप्तान र प्रशिक्षकले बताएका हुन्।

नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूले शतप्रतिशत समय दिएर टोलीलाई तयारी गराएको बताएका छन्। उनले टोलीका नयाँ तथा युवा खेलाडीलाई आफ्नो शैलीमा ढाल्न सकेको जानकारी गराए।

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले तयारी राम्रो भएको र टोलीले राम्रो नतिजा ल्याउने बताए। उनले दर्शकलाई उपस्थिति जनाएर खेललाई भव्यरूपमा सफल बनाउन आग्रह गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार नेपाल र लाओस बेलुकी साढे ५ बजे आमने सामने हुँदै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved