वीर अस्पतालमा कार्यरत करारका स्वास्थ्यकर्मी हटाउने निर्णयप्रति सांसद भट्टराईको आपत्ति

नेपालभ्युज

वीर अस्पतालमा कार्यरत करारका स्वास्थ्यकर्मी हटाउने निर्णयप्रति सांसद भट्टराईको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आईतबार)देखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

आइतबार संसद बैठकमा बोल्दै उनले स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग माग गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved