काठमाडौं। यसअघि नेपाल आइडलमा भाग लिएकी झापा हल्दीबारीकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा तहल्का मच्चाएकी छिन् । उनले मर्मस्पर्शी प्रस्तुति दिएर ‘गोल्डेन माइक’समेत जितेकी छन् ।
उनको प्रस्तुतिले जजहरूले चकित पर्दै ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए। मेनुकाको प्रस्तुतीमा जजहरू कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।
अडिसन राउन्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनैजना जज भक्कानिएका थिए । मेनुकाले गीत गाउँदै गर्दा उनीहरू ‘शब्दविहीन’ बने । त्यसपछि उभिएर सम्मान प्रदान गरे ।
त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’
यस्तै, अर्की जज श्रेया घोषालले मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताउँदै भनिन्, ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’
तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे ।
Facebook Comment
Comment