घरमै यसरी बनाउनुहोस् न्यूट्रेला

नेपालभ्युज

घरमै यसरी बनाउनुहोस् न्यूट्रेला

एजेन्सी । न्यूट्रेलालाई कयौं प्रकारले सेवन गर्ने गरिन्छ । खासगरी यो बिहानको नास्ताको बेला सेवन गरिन्छ ब्रेड, टोस्ट, रोटी आदिसँग सेवन गरिन्छ ।

खासगरी यो बच्चाहरुलाई अझै मन पर्ने गर्छ । बजारबाट खरिद गरेर प्रयोग गर्नुको साटो तपाईं घरमै पनि यसलाई बनाउन सक्नुहुन्छ । आज हामीले घरमै न्यूट्रेला बनाउने तरिकाबारे बताउनेछौं ।

न्यूट्रेलाका लागि सामग्री

  •  कटुस – दुई कप
  •  चिनी – आधा कप
  •  कोको पाउडर – ४ चम्चा
  •  नरिवलको तेल – २ चम्चा
  •  वनीला एक्सट्रेक्ट – १ चम्चा
    बनाउने विधि
  •  सबैभन्दा पहिला हामीले हेजलनट्स यानिकी कटुसलाई भुट्ने । १० देखि १५ मिनेटसम्म भुटेपछि कटुसलाई एउटा भाँडोमा फैलाएर राख्ने ।
  •  कटुसलाई भुटेपछि चिसो गर्नका लागि राख्ने र कपडामा रगड्ने जसले गर्दा बोक्रा निस्कन्छ ।
  •  कटुसलाई मिक्सर ग्राइन्डरमा राखेर पाँच मिनेटसम्म पिस्ने । यसलाई गाढा तथा क्रिमी हुँदासम्म पिस्ने ।
  •  उक्त पिसेको धुलोमा नरिवलको तेल, चिनी, कोको पाउडर र वेनिला एक्सट्रेक्ट राखेर मिसाउने ।
  •  उक्त तयार गरिएको पेस्टलाई एउटा छुट्टै भाँडोमा निकाल्ने । त्यसपछि यसलाई केहीबेर चिसो हुनका लागि छोडिदिने ।
  •  यसरी तपाईंले घरमै न्यूट्रेला तयार गर्न सक्नुहुन्छ । जसलाई एउटा हावा नछिर्ने भाँडोमा राख्ने र नास्ता वा अन्य समयमा खानका लागि प्रयोग गर्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved