जनकपुर बिग मार्टमा आगलागी हुँदा १० करोड बराबरको क्षति

जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोक स्थित मार्टमा मध्ये राति अकस्मात् लागेको आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको छ ।

जनकपुर बिग मार्टमा आगलागी हुँदा १० करोड बराबरको क्षति

जनकपुरधाम असोज जनकपुरधाममा गएराती एक मार्टमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुर बिग मार्टमा गएराति आगलागी भएको हो । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोक स्थित मार्टमा मध्येराति लागेको आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणमा लिनको लागि जनकपुरधाम उपमहानगरपालिका लगायत वरिपरिका पालिकाहरुको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा नियन्त्रण लिइएको हो । आगलागीबाट सम्पूर्ण मार्टको सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।

मार्टका सञ्चालक रामबाबु रायले मार्टको सामान साढे चार करोड र आगलागिबाट घरमा समेत क्षति पुगेका हुँदा करिब १० करोडको क्षति पुगेको बताए।

संचालक रायले आफूहरु मार्टको दोस्रो तल्लामा बसिरहेको बेला राति ११ बजे मार्टभित्र आगो लागेको थाहा भएपछि परिवार सहित भागेर ज्यान बचाएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved