एजेन्सी । पुरानो समयमा साबुन वा फेसवास जस्ता कुनै पनि चिज हुँदैनथे । त्यसैले मानिस घरेलु सामान प्रयोग गरेर सुन्दर हुने तथा शरीरलाई सफा राख्ने गर्थे ।
आउनुहोस् जानौं हामी पनि पुराना ति टिप्स जसले सुन्दरता बढाउँछ र कुनै नकारात्मक असर पनि छैन ।
गहुँको चोकर
गहुँको चोकर छालाका लागि एकदमै लाभदायक हुन्छ । यसलाई अनुहारमा लगाएर हल्का हातले मसाज गर्ने । यसले छाला भित्रैदेखि सफा हुन्छ र अनुहारमा चमक आउँछ । अहिलेको स्क्रब जसरी यसलाई प्रयोग गर्न सकिन्छ ।
बेसन
बेसन त अहिले पनि बिवाह अघि लगाउने चलन छ । जसले गर्दा दुलहा दुलहीको अनुहार तथा शरीरमा चमक आओस् । यो पनि पुरानो समयबाटै चल्दै आएको हो जसले अनुहारलाई मुलायम बनाउँछ साथमा चमक ल्याउँछ ।
गुलाब
छालालाई सुन्दर तथा ग्लोइंग बनाउनका लागि गुलाब पनि पुरानो समयमा प्रयोग गर्ने गरिन्थ्यो । राजमहलमा रानीले गुलाब जलले नुहाउने गर्थे । तपाईं पनि गुलाबको ताजा फुल ल्याएर त्यसलाई पिसेर अनुहारमा लगाउन सक्नुहुन्छ ।
मह
मह खाँदा जति फाइदाजनक हुन्छ त्यति नै छालामा लगाउँदा पनि हुन्छ । यसमा एन्टीअक्सीडेन्ट्स गुण भरपूर मात्रामा हुने भएकाले कपाल तथा छालाका लागि एकदमै राम्रो मानिन्छ । तपाईं यसमा बेसन, बेसार, गुलाबजल आदि मिसाएर पनि अनुहारमा लगाउन सक्नुहुन्छ ।
मुल्तानी मिट्टी
पुरानो समयमा साबुन वा फेसवास नहुँदा माटोले नुहाउने तथा अनुहार धुने चलन थियो । यसले छालामा मात्र नभएर कपालमा पनि चमक बढाउँछ । यसलाई कपाल धुनका लागि पनि प्रयोग गरिन्थ्यो ।
चन्दन र केसर
छालाको टोनलाई राम्रो बनाउन पुरानो समयमा मानिस चन्दन र केसरको पनि प्रयोग गर्थे । यसले छाला चम्किनुका साथै बुढ्यौलीसँगै छालामा हुने समस्या पनि कम हुन्छ ।
बाफ लिने
छालालाई भित्रैदेखि सफा गर्न बाफ लिनु पनि एकदमै पुरानो विधि हो । जसलाई अहिले पनि मानिस अपनाउने गर्छन् । यसले छालाका पोर्स खुल्छन् । जसले गर्दा अनुहार चम्किन्छ ।
Facebook Comment
Comment