एजेन्सी । कपाल कोर्न हामीले दैनिक रुपमा ब्रस वा काईयोको प्रयोग गर्छौं । यस्तोमा काईयो वा हेयर ब्रसमा जम्मा भएको फोहोरले हाम्रो कपाललाई एकदमै धेरै नोक्सान पुर्याउन सक्छ ।
जानौं यसले कसरी नोक्सान पुर्याउँछ भनेर–
- काँइयो सिधा टाउकोमा भएका ब्याक्टेरियाको सम्पर्कमा आउँछ । जब हामी कपाल कोर्छौं ब्याक्टेरिया, चायाँ, तेल सबै काँइयोमा टासिन्छ । यस्ता सबै खराब चीज काँइयोमा टाँसिने भएकाले यसलाई पुनः प्रयोग गर्दा कपालमा नोक्सान पुग्न सक्छ । यस्तोमा लामो समय सफा नगरेको काँइयो प्रयोग गर्नु हानिकारक हुन्छ ।
- काँइयो सफा नगरी प्रयोग गर्दा टाउकोमा चाँयाको समस्या सुरु हुन्छ । फोहोर काँइयो लगातार प्रयोग गर्नबाट बच्नुपर्छ । नत्र कपाल झर्ने समस्या पनि हुन थाल्छ ।
- हेयर ब्रस नधुँदा त्यसमा जमेका किटाणुले स्काल्पलाई पनि नोक्सान पुग्न सक्छ । साथमा यसले स्काल्प इन्फेक्शनको खतरा पनि बनिरहन्छ ।
- यदि तपाईं दैनिक रुपमा हेयर ब्रस वा काँइयोको प्रयोग गर्नुहुन्छ भने यसलाई हप्तामा एकपटक अवश्य धुनुहोस् । यसले काँइयोमा जम्मा भएको फोहोर सफा हुन्छ ।
- जसरी हामीले केही समयमा दाँत माँझ्ने ब्रस परिवर्तन गर्छौं त्यसरी नै ६ देखि ८ महिनामा काँइयो वा हेयर ब्रस पनि परिवर्तन गर्नुपर्दछ । यसो गरेमा कपालको राम्रो सुरक्षा हुन्छ ।
Facebook Comment
Comment