सर्वोच्चमा ढलेकी भारती बिरामी अवस्थामै अनसनमा

श्रीमानका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी छन् । बुधबार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।

नेपालभ्युज

सर्वोच्चमा ढलेकी भारती बिरामी अवस्थामै अनसनमा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेर तारेख बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन्।

आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती तारिख लिएर फर्किने क्रममा ढलेकी थिइन । उपचार पछि फेरि अनसनमै फर्किएकी हुन्।

श्रीमानका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी छन् । बुधबार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।

उनले संविधान दिवसको अवसर पारेर रिगललाई सजायमा छुट दिने सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। मङ्गलवार न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परे पनि सुनुवाइ भएन। रिटको अर्को पेशी आजका लागि तोकिएको छ।

यस्तै, भारतीले उक्त निर्णयविरुद्ध बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी छन्। न्याय नपाएसम्म घर नफर्किने उनको अडान छ ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगन्जको धम्बोजी चोकमा दिउँसै खुँडा प्रहार गरी चेतनको हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २०७६ साल वैशाखमा उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved