काठमाडौ। बत्तिसपुतली स्थित शिल्पी कला समुहको गोठाले नाटकघरमा नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियुले नाटक “कालो अक्षर रातो अक्षर” मञ्चन सुरु गरेको छ।
शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीहरूको वाध्यात्मक वहिर्गमन र त्यसलाई ओत दिने राजनीतिक विकृति विरूद्धको कथामा लेखिएको नाटक यहि असोज १७ गतेदेखि मञ्चन सुरु भएको हो।
समिक बडालको परिकल्पना, आरके रोमसको लेखन र दिलिप खड्काको निर्देशनमा मञ्चन भएको यस नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगि, रमिला मोक्तान, संगीता थापा, सन्जिब राई, सुजैन सिलवाल, सुदिप खतिवडा र शान्ता राईको अभिनय रहेको छ।
नाटक मार्फत हाम्रो शिक्षा प्रणालीले हाम्रो सामाजिक संरचनामा पारेको प्रभाव युवाहरूको विदेशीनु पर्ने बाध्यता, विद्यार्थी आन्दोलनको आफै भित्रको समस्या, युवाहरूको विद्रोह र विभिन्न सरोकारको विषयहरूलाई प्रस्तुत गर्न खोजिएको छ।
नाटक, यहि असोज २७ गतेसम्म मंगलबार बाहेक हरेक साँझ ५:१५ बजे शिल्पी थिएटरमा मञ्चन हुने छ। तस्वीरहरू:-
Facebook Comment
Comment