ए डिभिजन लिग– बराबरीमा रोकिए च्यासल र एनआरटी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्।

नेपालभ्युज

ए  डिभिजन लिग– बराबरीमा रोकिए च्यासल र एनआरटी

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत च्यासल यूथ क्लब र न्युरोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्।

सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासल अंक बाँड्न बाध्य बन्यो। खेलको ४३औँ मिनेटमा रुमेश बर्ताैलाको गोलमार्फत च्यासलले अग्रता लिएको थियो।

७८औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए। यो नतिजासँगै च्यासलले ३ खेलमा ४ अंक जोड्दा एनआरटीको २ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved