फिट रहन मलाइकाको दुईवटा योगा मन्त्र

नेपालभ्युज

फिट रहन मलाइकाको दुईवटा योगा मन्त्र

एजेन्सी । ४७ वर्ष काटिसक्दा पनि मलाइका अरोडा यति फिट छन् कि अहिलेको युवा पिँढीले पनि उनीसँग फिटनेश टिप्स लिन चाहन्छन् ।

आउनुहोस् जानौं उनका योगा पोजका बारेमा जसलाई उनले नियमित रुपमा गर्ने गर्छिन् ।

अधोमुख सभासना

मलाइकाले नियमित रुपमा अधोमुख सभासना गर्ने गर्छिन् । यस आसनको अभ्यास तपाईं विस्तारामा वा भुँईमा सजिलै गर्न सक्नुहुन्छ ।

यो आसन सूर्य नमस्कारका आसनमध्ये एउटा हो । यसलाई अंग्रेजीमा डाउनवर्ड डग पोज पनि भनिन्छ । यसलाई दैनिक अभ्यास गर्दा शरीर लचिलो र सुडौल हुन्छ । साथमा यो आसनले कम्मरको दुखाई पनि कम हुन्छ ।

यो आसन गर्न सबैभन्दा पहिला घुँडाको बलमा बस्ने र दुवै हातलाई जमिनमा राख्ने । अब दुवै हातमा बल लगाउँदै खुट्टालाई पछाडि लाने । अनि शरीरको बीचको भागलाई माथि उठाउने । शरीरलाई माथि उठाइरहेको बेला खुट्टाको पैताला पूर्ण रुपमा जमिनमा हुनुपर्दछ ।

मार्जरी आसन 

मलाइकाले मार्जरी आसन पनि धेरै गर्छिन् । जसलाई अंग्रेजीमा कैट काउ पोज पनि भनिन्छ । यस आसनको अभ्यास पनि तपाईं सजिलै गर्न सक्नुहुन्छ ।

मार्जरी आसनलाई नियमित रुपमा अभ्यास गर्दा शरीर र मन दुवै रिल्याक्स हुन्छ । जसले राम्रो निद्रा आउँछ । साथमा तनाव कम हुनुका साथै एकाग्रता बढाउँछ ।

यो आसन गर्न सबैभन्दा पहिला घुँडाको बलमा बस्ने र हातलाई जमिनमा टेक्ने । अब घुँडाको मुद्रा बनाउने र हातमा भार बनाइराख्नुहोस् । अब स्वास छोड्दै छातीतिर झुक्ने र स्वास लिँदै टाउकोलाई माथि उठाउने ।

यी आसनसँगै तपाईं सजिलै गोमुखासन, पुतली आसन आदि पनि गर्न सक्नुहुन्छ । यसले शरीर क्रियाशिल तथा ऊर्जावान बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved