कपाल के कारण झर्छ ? यस्ता छन् रोक्ने उपाए

नेपालभ्युज

कपाल के कारण झर्छ ? यस्ता छन् रोक्ने उपाए

एजेन्सी । कपाल लामो बनाई दिने, कपाल झर्न रोकी दिने जस्ता विज्ञापन हेरेर हामीले कति सामान किन्यौं होला तर के बजारमा पाइने यस्ता सामानले साच्चै नै कपाल झर्न कम हुन्छ त ? अथवा बजारले हामीलाई मूर्ख मात्र बनाई रहेको छ । आउनुहोस आज जान्ने कोसिस गरौं ।

दैनिक ५० देखि १०० कपाल झर्नु सामान्य नै हो यसमा चिन्ता लिनु पर्दैन । तर यो भन्दा बढी कपाल झर्न लागेमा समस्या भएको भनेर बुझ्न आवश्यक छ ।

कपाल विभिन्न कारणले झर्ने गर्छ । मुख्यतया कपालको स्वास्थ कस्तो हुने भन्ने निर्धारण तपाईको जेनेटिक्सले गर्छ, परिवारमा कसैको अत्याधिक कपाल झर्ने समस्या छ भने तपाई को पनि झर्ने सम्भावना रहन्छ ।

त्यस्तै तपाईको जिवनशैली, तपाईले लिने आहारले पनि कपाल झर्ने सम्भावना रहन्छ । कपालसँगै सम्पुर्ण शरीर को स्वास्थ्यका लागि नै सन्तुलित तथा पौष्टिक आहार आवश्यक हुन्छ । बायोटिन, भिटामिन (विशेष गरी भिटामिन बी ), फलाम र जिंक जस्ता खनिज कपालका लागि महत्त्वपूर्ण छन्। यी पोषक तत्वको कमीले कपाल झर्न सहयोग पुग्छ ।

तपाईको समग्र जीवनशैलीले कपालको स्वास्थ्यलाई असर गर्न सक्छ । तनाव, निन्द्राको कमी र धुमपान जस्ता अस्वस्थ बानीले पनि कपाल झर्छ । तनाव कम गरेर पर्याप्त निद्रा प्राप्त गरेर र स्वस्थ जीवनशैली अपनाएर  पनि कपाल झर्ने समस्या कम गर्न सकिन्छ ।

केही रोगहरु जस्तै थाइरोइड, हार्मोनल असन्तुलन र टाउकोको अवस्थाले पनि कपाल झर्ने समस्या हुन सक्छ । तपाईंले प्रयोग गर्ने स्याम्पु, कन्डिसनर, र तेल पनि कपाल झर्नुको कारण हुन सक्छन् ।

मुख्यतया कपाल झर्ने कारण पत्ता लगाएपछि बल्ल उपचारमा सहज हुन्छ । यदि पोषणको कमीले कपाल झरेको हो भने त्यसका लागी तपाईले आफनो खानपानमा प्रोटिन, भिटामिन, बायोटिन, आईरन, जिंक लगायत समावेश गर्नुपर्ने हुन्छ ।

सुकेको मसरुममा प्रोटिन धेरै हुने भएकाले यो कपाल को स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै दाल, सिमी, राजमा जस्ता गेडागुडीमा आइरन प्रसस्त मात्रामा पाइन्छ जुन कपालका लागी  एकदमै आवश्यक छ ।

शरीरमा आइरन एवजर्व गर्न भिटामिन सी पनि उत्तिकै आवश्यक हुन्छ ।  त्यसका लागी गेडागुडीसँग कागती राखेर या सुन्तलाको जुस खान सक्नुहुन्छ । कुखुराको फिला मा पनि लाईसिन नामक एमिनो एसिड पाइन्छ जसले शरीरमा आईरन एवजर्व गर्न मद्दत पुर्‍याउँछ । यसका साथै अण्डा , दाल, मेवा, केरा जस्ता खानाले पनि कपाललाई बलियो बनाउँछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved