सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो

नेपालभ्युज

सातदोबाटोले एपीएफलाई ४–१ ले हरायो

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई हराएको छ। आज शुक्रवार भएको दोस्रो खेलमा सातदोबाटोले एपीएफलाई चार–एक गोल अन्तरले हराएको हो।

सातदोबाटोको जितमा मार्टीन्स कायोदी अजयी​ले ह्याट्रिक गरे। मार्टिन्सले खेलको ४२ औँ, पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यस्तै सुशील राईले खेलको ५० औँ मिनेटमा गोल गरे। यसैबीच मार्टिन्स यो संस्करणको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

एपीएफका लागि खेलको ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved