रोनाल्डोले पूरा गरे आठ सय गोल

उनले आर्सनलविरुद्ध आठ सयौँ गोल गरेका हुन्।

नेपालभ्युज

रोनाल्डोले पूरा गरे आठ सय गोल

काठमाडौं। म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले करियरको आठ सय गोल पूरा गरेका छन् । उनले आर्सनलविरुद्ध आठ सयौँ गोल गरेका हुन्।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति घरेलु मैदानमा आर्सनललाई ३-२ गोल अन्तरले पराजित गर्ने क्रममा रोनाल्डोले आठ सय गोल पूरा गरेका हुन्।

ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि रोनाल्डोले एक पेनाल्टीसँगै दुई गोल गरे। खेलको ५२ औँ मिनेटमा गोल गर्दै उनले आठ सय गोल पूरा गरेका हुन्। युनाइटेडका लागि थप एक गोल ब्रुनो फर्नान्डेसले गरे।

आर्सनलका लागि इमिल स्मिथ र मार्टिन ओडेगार्डले गोल गरे। जितसँगै युनाइटेडले १४ खेलमा २१ अंक जोडेको छ ।

युनाइटेड सातौं स्थानमा रहेको छ । आर्सनल २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved