काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।
भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी छोरी एवम् स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत जानेछन् ।
प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । यसक्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड असोज ६ गते चीन जाँदैछन् ।
Facebook Comment
Comment