यस्ता रुख काट्नु अशुभ मानिन्छ

नेपालभ्युज

यस्ता रुख काट्नु अशुभ मानिन्छ

एजेन्सी । हिन्दु धर्म सँगसँगै मानव जीवनका लागि पनि रुख विरुवाको खास महत्व हुन्छ । तर कतिपय मानिस सोंचविचार नगरी रुखहरु काट्ने गर्छन् ।

रुखहरु काट्नु कुनै पनि विचारमा सही कुरा होइन । तर यहाँ हिन्दु धर्मशास्त्रमा केही त्यस्ता रुखहरु छन् जसलाई काट्नु अशुभ हुन्छ । जानौं ती रुखहरुका बारेमा–

– हिन्दु धर्मअनुसार केराको रुखलाई काट्नु अशुभ मानिन्छ ।

– त्यस्तै पीपलको रुखलाई काट्नु पनि अशुभ मानिन्छ । साथमा यो रुखलाई घरमा पनि कहिल्यै लगाउनु हुँदैन ।

– त्यस्तै हिन्दु धर्मशास्त्रमा सल्लोको रुखलाई काट्नु पनि अशुभ मानिन्छ । यो रुखलाई कहिल्यै काट्नु हुँदैन । विज्ञानअनुसार पनि सोंच्ने हो भने यस रुख वरिपरि लामो समय बस्दा क्यान्सर जस्तो रोगमा पनि फाइदा हुने बताइएको छ ।

– त्यस्तै घरमा लगाइने तुलसीको विरुवालाई पनि कहिल्यै काट्नु हुँदैन । यसो गर्नु अशुभ हुन्छ ।

-जडीबुटीहरुमा एकदमै धेरै प्रयोग हुने निमको रुखलाई पनि कहिल्यै काट्नु हुँदैन । यसका पातहरुलाई औषधीमा प्रयोग गरे पनि रुखलाई भने काट्नु अशुभ हुन्छ ।

– हिन्दु धर्मअनुसार अशोकको रुखलाई पनि काट्नबाट बच्नुपर्छ ।

-त्यस्तै पिपलसँगै बरको रुखलाई पनि कहिल्यै काट्नु हुँदैन । यसको हिन्दु धर्ममा खास महत्व हुन्छ जसलाई काट्नु अशुभ मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved