काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले विकास, सुशासनलगायत हरेक हिसाबले देश नराम्रो अवस्थामा गुज्रिरहेको बताउँदै अब देश सुध्रिने बाटोमा जानै पर्ने बताए ।
अध्यक्ष ओलीले भने– ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो ।’
उनले युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने र अबको २० वर्षपछि नेपाल विकसित र दुनियाँलाई आकर्षित बनाउने हुने बताए ।
Facebook Comment
Comment