पाल्पाबाट काठमाडौंका लागि छुटेको रात्रि बस दुर्घटना

नेपालभ्युज

पाल्पाबाट काठमाडौंका लागि छुटेको रात्रि बस दुर्घटना

काठमाडौं । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४ बारुदखानमा दुर्घटना भएको छ ।

बिहीबार बेलुकी भएको सो रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई तानसेनको मिसन अस्पतालमा पठाइएको छ । अस्पतालका अनुसार  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको  छ ।

बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ  ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved