नेम्वाङको शव राजकीय सम्मानका साथ अस्पतालबाट निकाल्ने सरकारको तयारी

नेपालभ्युज

नेम्वाङको शव राजकीय सम्मानका साथ अस्पतालबाट निकाल्ने सरकारको तयारी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको शव राजकीय सम्मानका साथ निकाल्ने तयारी भएको छ ।

राजकीय सम्मानको निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जनाएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर शवलाई पार्टी कार्यालय नलैजान आग्रह गरेका थिए ।

सरकारले राजकीय सम्मान दिने तयारी गरेपछि नेम्वाङको पार्थिव शरिर शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ ।

उनको शवलाई नेकपा एमाले  परिवारले शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालय च्यासल लैजाने तयारी गरेका थिए । तर सरकारले नै राजकीय सम्मानका साथ शव निकाल्ने भएपछि अहिले शव अस्पतालमै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved