आबुधाबीमा क्लब विश्वकप

यसअघि जापानमा हुने भनिएको क्लब विश्वकप कोरोना भाइरसका कारण जापानले आयोजकबाट नाम फिर्ता लिएपछि यूएई सरेको हो।

नेपालभ्युज

आबुधाबीमा क्लब विश्वकप

काठमाडौं। फिफा क्लब विश्वकप यूएईमा हुने भएको छ। आगामी ३ देखि १२ फेब्रुअरीमा यूएईको आबुधाबीमा क्लब विश्वकप हुने भएको हो।

यसअघि जापानमा हुने भनिएको क्लब विश्वकप कोरोना भाइरसका कारण जापानले आयोजकबाट नाम फिर्ता लिएपछि यूएई सरेको हो।

यसपटकको क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्लब विश्वकपका लागि ६ टोलीको सहभागिता पक्का भइसकेको छ।

जसममा चेल्सी, अकल्याण्ड सिटी, अल हिलाल, अल जाजिरा, अल अह्ली र सीएफ मोन्टेरी रहेका छन्। बाँकी एक टोलीको सहभागिता पक्का हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved