पालिका अध्यक्षले व्यक्तिगत प्रतिशोध साँधेर सरुवा गरेपछि शिक्षक आन्दोलनमा

गाउँपालिकाले गरेको सरुवा बदर गर्नुपर्ने शिक्षकहरूको माग छ। आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन्।

नेपालभ्युज

पालिका अध्यक्षले व्यक्तिगत प्रतिशोध साँधेर सरुवा गरेपछि शिक्षक आन्दोलनमा
पीडित शिक्षकहरूको धर्ना

काठमाडौं। नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको नाममा नियमविपरित र व्यक्तिगत प्रतिशोध साँधेको भन्दै शिक्षकहरू आन्दोलित भएका छन्। पालिकाभरिका शिक्षकहरूले शिक्षक संघर्ष समिति गठन गरेर पालिका कार्यालयमा धर्ना दिएका छन्।

गाउँपालिकाले गरेको सरुवा बदर गर्नुपर्ने उनीहरूको माग छ। आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन्।

गाउँपालिकाले केहिदिन अगाडी सरुवा गरिएका ८६ जना शिक्षकहरूको नामावली गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल सचिवालय नामको फेसबुक एकाउन्टबाट सार्वजनिक गरिएको थियो।

अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित हुन्। फरक दलमा आस्था राख्ने तथा उनको स्वेच्छाचारी गतिविधिमा प्रश्न उठाउने शिक्षकलाई प्रतिशोध साँधेर सरुवा गरिएको आरोप छ।

अध्यक्ष अधिकारीकै निर्णयमा पालिका पदाधिकारीहरू, शिक्षक र व्यवस्थापन समिति विपक्षमा छन्। शिक्षक सरुवा प्रक्रिया गैरकानुनी भन्दै निर्णय खारेज गर्ने अभियानमा जनप्रतिनिधि र व्यवस्थापन समिति लागेपछि लागेपछि अहिले अध्यक्ष अधिकारीलेले उनीहरूलाई विभिन्न आश्वासन बाँड्दै आफ्नो निर्णयमा सहमत गराउन प्रयासरत छन्।

निर्वाचित भए देखिनै अध्यक्ष अधिकारीले विवादित बन्दैआएका छन्। उनीमाथि कार्यालयको टेलिभिजन सेट किन्न ५ लाख ९७ हजार रुपैयाँ तिरेर लाखौँ कमिसन खाएको आरोपदेखि स्वास्थ्य सामग्री खरिदमा पनि भ्रष्टाचार गरेको आरोप छ।

सार्वजनिक विदाको दिन गाउँपालिकाको गाडी लिएर पोखरा घुम्न गएको, टायर फेर्नै नपर्ने गाडीको टायर फेरेर कमिसन खाएको सोही पालिकाका वडाध्यक्षले आरोप लगाएका छन्।

शिक्षक संघर्ष समितिको विज्ञप्ति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved