एमाले महाधिवेशन: सचिवमा गोकर्ण विष्टलाई सर्वाधिक मत

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन्।

नेपालभ्युज

एमाले महाधिवेशन: सचिवमा गोकर्ण विष्टलाई सर्वाधिक मत

चितवन। चितवनमा जारी १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन्। विष्टले १९७६ मल ल्याएका छन्। अघिल्लो नवौँ महाधिवेशनमा पनि विष्टले सचिवमा सबैभन्दा धेरै मत ल्याएका थिए।

सचिवमा योगेश भट्टराईले १९६४ मत ल्याउँदा पद्मा अर्यालले १८०० ल्याएकी छिन्। छबिलाल विश्वकर्माले १८०० र लेखराज भट्टले १७०४ मत ल्याएकी छिन्। टोपबहादुर रायमाझी १७०० र रघुवीर महासेठको १५१३ ल्याएर विजयी भएका छन्। यता अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत चयन गरेका पदाधिकारीमा चित्त नबुझाएर उम्मेदवारी दिएकाहरू पराजित भएका छन्। टंक कार्कीले ५०० र भीमप्रसाद आचार्यले ३०० मत ल्याएर पराजित भएका छन्।

यसअघि उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित भएका छन्। उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन्। अध्यक्षमा भने केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved