पूर्ण इजलासले मगायो कोशीका सभाध्यक्षले विश्वासको मत दिएको भिडिओ

नेपालभ्युज

पूर्ण इजलासले मगायो कोशीका सभाध्यक्षले विश्वासको मत दिएको भिडिओ

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भिडिओ मगाएको छ ।

इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएको भिडिओ मगाएको हो ।

भदौ ४ गते बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।

न्यायाधीशत्रय सपना मल्ल प्रधान, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त भिडिओ मगाएको हो ।

सभाध्यक्षले असंवैधानिक तवरले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा रिट हालेको थियो ।

उक्त रिटको भोलिसम्ममा अन्तिम फैसला आउने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved