के तपाईंको पार्टनरमा घुर्ने समस्या छ ? अपनाउनुहोस् घरेलु उपाय

नेपालभ्युज

के तपाईंको पार्टनरमा घुर्ने समस्या छ ? अपनाउनुहोस् घरेलु उपाय

एजेन्सी । छेउमै कसैले घुरिरहेको आवाज बेवास्ता गरेर निदाउन एकदमै गाह्रो हुन्छ । तपाईंको पार्टनर या परिवारमा यस्तो समस्या छ भने केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

घुर्ने समस्या तौल बढेका कारणले, धुमपान, घाँटीमा दबाब, नाक बन्द हुनु वा धेरै रक्सी पिउने आदि कारणले हुन सक्छ । यस्तो समस्याको सबैभन्दा राम्रो उपचार बेसार हो । यसमा एन्टिइन्फ्लामेटरी तथा एन्टीबायोटिक गुण हुन्छन् जसले नाक बन्द भएको समस्यालाई निको पार्छ । जसले गर्दा घुर्ने समस्या पनि कम हुन्छ ।

त्यस्तै, अर्को उपाय छ घ्यू । यस उपायलाई अपनाउनका लागि तपाईं आधा चम्चा घ्यूलाई मनतातो बनाएर घुर्ने व्यक्तिको नाकमा थोपा थोपा गर्दै राख्नुहोस् ।

तपाईं लसुनको प्रयोग गरेर पनि घुर्ने समस्या कम गर्न सक्नुहुन्छ । यसका लागि रातमा सुत्ने बेला लसुनलाई तातोपानीसँग निल्नुहोस् ।

अर्को उपाय दालचिनीको प्रयोग गरेर पनि तपाईं घुर्ने समस्यालाई कम गर्न सक्नुहुन्छ । यसका लागि तातो पानीमा दालचिनीको धुलो र मह मिसाउनुहोस् । रातमा सुत्नुअघि यसको सेवन गर्नुहोस् ।

जैतुनको तेलमा एन्टी इन्फ्लामेटरी गुण पाइन्छ जसले सुन्निने समस्या कम गर्छ । सुत्नुअघि, यसको सेवन गर्नु एकदमै फाइदाजनक हुन सक्छ । जसले गर्दा घुर्ने समस्या पनि कम हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved