काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए ।
आईतवार सिंहदरबारमा मन्त्रालयको काम कारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताए ।
उनले सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताए ।
मन्त्री भुसालले रासायनिक मलको अभाव पनि नभएको दाबी गरे । शुरुमा वितरणमा केही समस्या भएपनि अहिले किसानले रासायनिक मलको समस्या झेल्नु नपरेको उनको भनाई थियो । मन्त्री भुसालले सरकारले कृषिमा खेतीवाली उत्पादन वृद्धिमा जोड दिएको दोहोर्याए ।
Facebook Comment
Comment