भुईँमा सुत्दा कस्ता समस्या समाधान हुन्छन् ?

नेपालभ्युज

भुईँमा सुत्दा कस्ता समस्या समाधान हुन्छन् ?

एजेन्सी । दिनभर काम गरेपछि जो कसैलाई पनि मिठो निद्राको आवश्यकता पर्दछ । त्यसैले अत्यधिक मानिस सुत्नका लागि मोटो तथा एकदमै कोमल तथा मुलायम गद्दाको प्रयोग  गर्छन् ।

तपाईंलाई थाहा छ जमिनमा ओछ्यान लगाएर सुत्दा शरीरमा फाइदा हुन सक्छ । आउनुहोस् यसबारेमा फिटनेस विशेषज्ञका कुरा सुनौं ।

  •  विशेषज्ञको भनाई छ, पहिलेको जमानामा मानिस खाटमा नभएर जमिनमा सुत्ने गर्थे । यसले एकदमै राम्रो निद्रा लाग्नुका साथै शरीर पनि स्वस्थ रहन्थ्यो ।
  • भुईँमा सुत्दा कम्मर तथा डाढ दुख्ने समस्या निको हुँदै जान्छ । साथै बिहान उठेर पनि ताजगी महसुस हुन्छ ।
  • गर्मी मौसममा जमिनमा सुत्नु एकदमै राम्रो मानिन्छ । यसले शरीरलाई चिसो बनाउँछ र आरामको निद्रा लाग्दछ ।
  •  रातमा जमिनमा सुत्दा तनाव कम हुन्छ । यसो गर्नाले दिमागको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।
  •  जमिनमा सुत्दा रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा मुटु तथा दिमाग दुवैको स्वास्थ्य राम्रो हुन्छ ।
  • जमिनमा सुत्दा शरीरको लचिलोपन बढ्नुका साथै शरीरको पोस्चर पनि सही गराउन सकिन्छ । यसरी भुईंमा सुत्दा शरीरका सबै अंगको सन्तुलन सही रहन्छ ।
  •  कहिल्यै पनि जमिनमा सीधा सुत्नुहुँदैन । सुत्नेबेला डाढको बलमा वा दायाँतिर फर्किएर सुत्नु एकदमै फाइदाजनक हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved