माओवादी एजेन्डाको बलमा पछिल्लोपटक प्रधानमन्त्री भएँ : दाहाल

नेपालभ्युज

माओवादी एजेन्डाको बलमा पछिल्लोपटक प्रधानमन्त्री भएँ : दाहाल

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लोपटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन्।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेन्डाको बलमा आफू तेस्रोपटक पनि प्रधानमन्त्री बनेको बताए।

शनिबार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गरे।

आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको,नेपाली जनताको र अरु पार्टीहरूको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चलाउनुपरेको स्पष्ट पारे।

उनले प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाए।

प्रधानमन्त्री दाहालले आफूले सुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved